कर्री सामुदायिक वनको ११ औँ साधारणसभा

शिवराज खनाल

लमही, २४ कार्तिक । सामुदायिक वनको संरक्षण गर्नु सवैको दायित्व रहेको देउखुरीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
लमहीमा रहेको कर्री सामुदायिक वन उपभोक्ता समूह अर्जुनखोलाको ११ औँ साधारण सभाका

अवसरमा बोल्ने बक्ताले मानव जीवनसँग प्रत्यक्ष जोडिएको वन जंगललाई संरक्षण गर्न सके स्वास्थ्यको दृष्टीकोणलेसमेत उपयुक्त रहेको ब ताएका थिए ।

वन समुहका अध्यक्ष कृष्ण खत्रीको अध्यक्षता तथा डिभिजन वन कार्यालय देउखुरीका प्रतिनिधि टोप बहादुर ओलीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा वन समुहका कोषाध्यक्ष सुमित्रा शाहले आर्थिक बर्ष २०७६–०७७ को १४ लाख ३ हजार ५ सय ७९ रुपैया ३९ पैसाको आयब्यय प्रस्तुत गरेकी थिइन ।

त्यसैगरी उनले आर्थिक बर्ष २०७७–०७८ को आम्दानीको स्रोत र भाबी योजना पनि प्रस्तुत गरेकी हुन । कार्यक्रममा वन समुहका सहसचिब सामसुङ गिरीले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

समुहकी महिला सदस्य शारदा सुमित्रा शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बड्कापथ टोल विकास सस्थाका मोतीलाल दसौँदी, मध्यनगर टोल विकास सस्थाका राधा चौधरी, लङ्गडी टोल विकास सस्थाका सचिब शिवलाल पन्थी, दामोदर पाण्डे, पत्रकार शिबराज खनाललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन वन समुहकी सचिब शारदा खड्काले गरेकी थिईन । वन समूहको कार्य क्षेत्र वडा नं. ६ र ७ रहेको छ ।