मन्दिर चोरी र मुर्ति तोडफोडको घट्नाप्रति गम्भीर ध्याकर्षण

  •   
  •  

दाङ,२४ कार्तिक । विश्व हिन्दु युवा संघले तुलसीपुरको त्रिसिद्धेद्देवरी मन्दिरमा चोरी र मन्दिरमा भएका मुर्तिमा भएको तोडफोडको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति दाङका अध्यक्ष दिनेशजंग शाह (दिन)ले एक विज्ञप्ति प्रकाशित गरेर मन्दिरको ढोकामा लगाएको ताला फाडेर दानपेटिकामा रहेको पैसा चार्ने र मुर्ति तोडफोडमा संलग्नलाई पहिचान गरि कारवार्ही गर्न समेत प्रहरीलाई आग्रह गरेको छ ।

साथै संघले मन्दिर जस्तो पवित्रा ठाउँमा चोरी,तोडफोडलगायत कार्यहरु हुने गरेको भन्दै यस्ता कार्यहरुलाई रोक्न समेत आग्रह गरेको छ । चोरले बाघको मूर्तिको पुच्छर समेत तोडफोड गरेको थियो ।