‘सेवा थप गुणस्तरीय र प्रभावकारी’

राप्ती प्रादेशिक अस्पतालको समीक्षा
सुशील बस्नेत
दाङ, २३ कार्तिक । २ सय बेडको अस्पतालको स्वीकृत पाएको केही दिनमै ६ सय बेड को स्तर बृद्धि हुने भएपछि राप्ती प्रादेशिक अस्पतालले छलफल र समिक्षा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ भदौ ११ को सचिव स्तरीय बैठकले राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको स्वीकृत दिएको हो ।

अस्पतालले सनिवार २०७६÷०७७ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको हो । समीक्षा कार्यक्रममा सहभागीहरुले अस्पतालबाट प्रदान गरिएका सेवा र सेवाग्राहीको अद्यावधिक गर्ने कामलाई थप प्रभाबकारि बनाउनुपर्ने, कन्सल्टेन चिकित्सक, मेडिकल अधिकृत र नर्सहरु बिच समन्वय हुनुपर्ने, स्वास्थ्य सेवा दिएको अद्यावधिक दुरुस्त रुपमा राख्नपर्ने सुझाव दिएका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सर्वेश शर्माले २ सय बेड स्वीकृत प्राप्त गरेको २ महिना नपुग्दै ६ सय बेड सञ्चालनको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारको पूर्वाधार विकास प्राधिकरणको टोलीले अध्ययन र डिपीआरका लागि कार्तिक २४ गते सोमबार राप्ती प्रादेशिक अस्पतालमा आउन लागेको वताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ भदौ ११ को सचिव स्तरीय २ सय बेडको अस्पताल सञ्चालन गर्ने स्वीकृत दिएको थियो । त्यसका साथै अस्पताल व्यवस्थापन संचालनका लागि १० करोड पाँच लाखसमेत बजेट मन्त्रालयले विनियोजन गरेको थियो । २०६५ मा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरको स्तर बृद्धि गरेर राप्ती अञ्चल अस्पताल हँुदै राप्ती प्रादेशिक अस्पतालको रुपमा बिकास भएको थियो ।

‘६÷६ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्ने अस्पतालको मूल्याकंनमा राप्ती प्रादेशिक अस्पतालले ६६ प्रतिशत अंक प्राप्त गरि यो तहका अस्पतालमा उत्कृष्ट हुनु पनि अस्पालले दिएको स्वास्थ्य सेवा राम्रो भएको प्रमाणित गर्छ’–डाक्टर शर्माले भने । स्थापना भएको झण्डै १३ बर्ष भित्र ६ सय बेडको अस्पातल बन्ने गरी मास्टर प्लान बन्ने तयारी भइरहेको उनले बताए ।

त्यसका लागि सोमबार आउने प्राधिकरणको टोलीले डिपीआरको लागि प्राविधिक काम अगाडि बढाई आगामी डेढ वर्षभित्र ६ सय बेडको सुविधा सम्पन्न अस्पताल बन्ने वताए । उनले भने ‘ठुला ठूला अप्रेसन हुन थालेका छन् । विज्ञ चिकित्सक, चिकित्सक, मेडिकल अधिकृत, नर्स र कर्मचारीलगायत गरी १ सय ६५ जना कर्मचारी कार्यरत र अझै केही जनशक्ति अभाव छ ।’

बरिष्ठ अर्थोपेडिक डाक्टर ओम आचार्यले अद्याबधिक(डाटा) चुस्तदुरुस्त हुन नसके कामको नतिजा देखाउन नसकिने भएकाले त्यसलाई पनि प्राथमिकतमा राख्नुपर्ने सुझाव दिए । राम्रो काम गर्ने स्वास्थ्यकर्मीको मनोवल बढाउने काममा नागरिक समाजबाट सकारात्मक भूमिका खेलिनुपर्ने बताए । राप्ती प्रादेशिक अस्पतालका ईर्मेजेन्सी इञ्चार्ज डा. सन्दीप खड्काले ईर्मेजेन्सी सेवा मेडिकल अधिकृतको भरमा चलाउनुपर्ने अवस्था रहेको बताए ।

५ जनाले मात्र इर्मेजेन्सी सेवा सञ्चालन गरिरहेको बताएका डाक्टर खडकाले केहीले काँही त रातभर सेवा दिनुपर्ने वाध्यता रहेको छ । अब इर्मेजेन्सी वाडमा विशेषज्ञ चिकित्सकले पनि हेरेफेर गरि डिष्र्चाज गर्नुपर्ने अवस्था हो कि होइन भनि जाँच गर्न सके स्वास्थ्य सेवा नागरिकले अपेक्षा गरेको जस्तो हुने बताए ।

समीक्षा कार्यक्रममा नर्सिङ इञ्चार्ज रमा पराजुलीले अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य सेवा १÷२ वर्ष भन्दा धेरै सुधार भएको बताइन । उनले प्रसुती सेवा रोक्दै रोकाका छैनौँ तर केही स्टाफमा कोरोना पोजेटिभ आएपछि केही सेवा रोकेका थियौँ । समीक्षा कार्यक्रमले एक्सन प्लान बनाउनमा मद्दत गर्ने अपेक्षा पराजुलीले गरिन ।

पत्रकार सुशील बस्नेतले झण्डै ६ बिगाह १७ धुर क्षेत्रफलको जमिनमध्ये डेढ विगाह अतिक्रमणमा परेकाले त्यसको ब्यबस्थापन गर्नसके अस्पातलको भौतिक बिकासमा सहयोग पुग्ने बताए । कार्यक्रमको सहजीकरण मेडिकल रेकर्डर गोपाल चौधरीले गरेका थिए ।