बाल संगठनको सभापतिमा केसी

दाङ,६ कार्तिक । नेपाल बाल संगठनको तदर्थ समिति दाङको सभापतिमा मानवअधिकाकर्मी विनोद केसी मनोनित भएका छन् ।

असोज २० गते बसेको नेपाल बाल संगठनको केन्द्रिय कार्यसमितिको बैठकले केसीलाई बाल संगठनको जिल्ला सभापतिमा मनोनित गरेको हो ।

केसीले बाल संगठनको जिल्लामा रहेको चल अचल सम्पतीको व्यवस्थित अभिलेख राख्ने र त्यसको संरक्षण गर्नेका साथै संरक्षण विहिन बालबालिकाको क्षेत्रमा काम गर्नु पर्ने भएको छ । यस अघि असोज १६ गते बसेको बाल संगठनको बैठकले जिल्ला कार्य समिति भंग गरेको थियो ।