मन्ठोरियामा माघी महोत्सव सुरू

नारायणपुर, ४ माघ । घोराही उमहानगरपालिका वडा नं. १० उत्तर अमराईमा रहेको मन्ठोरिया भवानी मन्दिरमा दुई दिने माघी महोत्सव सुरू भएको छ ।
हरेक बर्ष माघको ४ र ५ गते आयोजना हुने महोत्सवको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । घोराही उपमहानगरपालिका वडा नं. १० को सहयोग र मन्दिर व्यवस्थापन समितिले आयोजना गरेका महोत्सवको प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले गरेका थिए । मन्दिरमा ५ किलोको घण्ट स्थापना गरेर महोत्सवको उदटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले बर्षाै पहिले एकरातमा बनेको मन्ठोरिया मन्दिरको संरक्षण र प्रचारप्रचारमा ध्यान दिनुपर्ने बताएका थिए । एतिहासिक महत्व बोकेको मन्दिरको संरक्षण र सम्बर्धनमा स्थानीय तहदेखी प्रदेश सरकारको नजर पुग्न नसकेको उनीहरूको भनाई थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मंगलप्रसाद चौधरीको अध्यक्षता प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्य र पर्यटन प्रवद्र्धन समिति प्रदेश नं. ५ का सचिवालय सदस्य सुन्दर गौतमको विशिष्ठ आतिथ्यमा भएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल), वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, मावि नारायणपुरका प्रधानाध्यापक उत्तम खनाल, मावि नारायणपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डे, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, नारायणपुर खानेपानी समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण), नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतल, महटवा चन्द्रप्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य गरेका थिए ।

शारदा चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण बुद्धिराम चौधरीले गरेका थिए । दुई दिनसम्म चल्ने महोत्सवमा शनिवार विभिन्न गाँउको थारू नृत्य प्रस्तुत गरिएको थियो भने आईतवार विभिन्न कलाकारहरूको प्रस्तुति रहने घोराही १० का वडम सदस्य मंगलप्रसाद चौधरीले जानकारी दिएका छन ।