अत्याधुनिक अस्पताल भैरहवामा सञ्चालन

दाङ,४ कार्तिक । रुपन्देहीकै पर्यटकीय क्षेत्र बन्दै गएको यस भैरहवा क्षेत्र अब सिद्धार्थनगर सिटी हस्पिटल सञ्चालन पछि मेडिकल हब बन्दैछ ।

एकातिर गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमान स्थल, ६ लेनको बाटो आर्को तर्फ लुम्बिनी नजिक रहेको हुँदा गुणस्तरीय स्वास्थ्य सेवाको धेरै आवश्यकता रहेको यस क्षेत्रमा यो अस्पताल सञ्चालन पछि आवश्यकता पुरा हुनेछ । बढ्दो शाहरीकारण, बढ्दो औधोगिकरणको कारण गुणस्तरीय स्वास्थ्य सेवाको धेरै खाँचो रहेको छ ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लमा अझपनि स्वास्थ्य सेवाका लागि गोरखपुर तथा काठमाण्डौं जानु पर्ने बाध्यता रहेको छ । विरामीहरुको बाध्यतालाई मध्य नजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भैरहवामा अस्पताल सञ्चालन हुन थालेको हो । करिब २० महिना अघि मात्र भवन निर्माण सुरु गरेको यस अस्पतालले भवन निर्माण कार्य पुरा गरी सञ्चालनको लागि अन्तिम तयारीमा पुगेको छ ।

अन्डरग्राउन्ड पार्किङसहित ६ तले भुकम्पप्रतिरोधी भवनको निर्माण गरेको छ । साथै बिरामीहरुलाई स्टेचरमा गुडाएर लग्न सकिने २ वटा ठुलो विद्युतिय लिफ्ट, कम्प्युटराइज रेकार्डिङ सिस्टम, आईसियु÷सिसियु डाइलाईसिस सेवा, कृत्रिम गर्भाधान, न्युरो तथा ट्रमा सेन्टर अत्यधुनिक आकस्मिक कक्ष, नयाँ प्रविधिको ३ वटा मोडुलर ओ.टीको व्यवस्था भएको अस्पतालले जनाएको छ ।

जर्मनी भेन्टीलेटर, इको मेसिन, विदेशी बिरामीका लागि क्गष्त ऋबदष्ल तथा छुट्टै आकस्मिक तथा इदकभचखबतष्यल सेवा, काठमाण्डौं तथा स्थानीयस्तरका प्रतिष्ठित डाक्टरहरुबाट सञ्चालनमा आउने बाताबरणनुकुलित होटलको जस्तै सुविधा सम्पन्न क्याटिन रहने भएका छन् ।

नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप संञ्चालनमा आउने अस्पतालको १०० बेड रहने छ । सेवा दिने क्षेत्रमा प्युठान, अंर्घाखाची, गुल्मी, पाल्पा पाहाडी क्षेत्र, कपिलबस्तु, नवलपरासी, रुपन्देही र भारतिय वार्डरको ३०–४० किमीभित्रका बिरामीहरुलाई आकर्षित हुनेगरी सेवा क्षेत्र बढाइने अस्पतालले जनाएको छ ।

अस्पताल श्रोतका अनुसार प्रत्याक विभागमा दक्ष २÷३ जना विशेषज्ञ रहनेछन । यस हस्पिटलमा ब्त्ः, ऋबचम, इलष्लिभ र त्तच् ऋयमभ को माध्यमबाट भुक्तानी गर्न सकिने छ । साथै अस्पतालले कर्पोरेट अस्पतालको रुपमा काम गरी बिमा तथा अन्य ठुला कम्पनीसंग मिलेर काम गर्नेछ ।