डेढ करोडको लगानीमा टि मार्टद्वारा शाखा विस्तार

घोराही, २ कार्तिक । विगत २ वर्षदेखि घोराही उपमहानगरपालिका–१५ को भिंग्रेली चोकबाट सेवा प्रदान गर्दै आईरहेको टि मार्टले १ करोड ५० लाखको लगानीमा लखनपार्कमा आफ्नो अर्को शाखा विस्तार गरेको छ ।

स्थापनाको छोटो समयमै घोराही उपमहानगरपालिका–१४ लखनपार्कमा शनिवार एक कार्यक्रम गरी टि–मार्ट लखनपार्क शाखाको उद्घाटन् गरिएको हो । टि–मार्ट लखनपार्क शाखाका सञ्चालक तिला पुनको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी जयनारायाण आचार्यको प्रमुख आतिथ्यता एवम् दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दको विशिष्ठ आतिथ्यतामा शाखाको उद्घाटन गरिएको हो ।

कलशमा दियो बालेर तथा रिवन काटेर प्रमुख जिल्ला अधिकारी आचार्यले शाखाको उद्घाटन गरेका थिए । कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्रदान गर्ने भावनाका साथ सञ्चालमा अएको टि–मार्टले शाखा विस्तार गर्नु प्रसंशनिय काम भएको बताएका थिए । देशका संक्रिय र सक्षम जनशक्ति युवाहरु ब्यवसायमा लाग्नुले राष्ट्रको अर्थिक विकासमा टेवा पुराउने समेत उनको भनाई थियो ।

सरकार र नागरिक गाडीका दुई पांग्रा जस्तै भएको उल्लेख गर्दै उनले राज्यको तर्फबाट गर्नुपर्ने साथ सहयोगका लागी तयार रहेको समेत बताए । उद्घाटन कार्यक्रमका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् गरिएको तिज विशेष फोटो प्रतियोताका बिजेताहरुलाई सम्मान गरिएको थियो । दुई तलाको भवनबाट सञ्चालनमा आएको टिमार्ट शाखामा खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी, मोवाईलका एशोसीरिजहरुलगाएतका सम्पुर्ण सम्राग्री पाईन्छ ।

२ वर्ष अघि घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकबाट टीकाराम रावत र पूर्णबहादुर रोकामगरले संयुक्त लगानीमा सञ्चालन गरेका हुन । टि मार्ट लखनपार्क शाखाका घरधनी नरेन्द्र पुनको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नविन अभिलाषीले ग्रेका थिए ।