दाङ, २६ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ निवासी बन्दना नेपाली आर्थिक अवस्था कमजोर भएका कारण १० पछिको अध्ययनलाई निरन्तरता दिन सक्ने अवस्थामा थिईनन् ।
कमजोर अर्थिक अवस्थाका कारण अध्ययन छोड्ने अवस्थामा पुगेकी नेपालीलाई बिगत लामो समयदेखि समाज सेवामा क्रियाशिल सुबास भट्टराईले उनको ११ र १२ को पढाईको जिम्मा लिएका छन् । आहा अभियान तुलसीपुरका संयोजक दिपक काफ्लेमार्फत् अमेरिकाबाट भट्टराईले सहयोग गरेका हुन् ।
तुलसीपुर ८ दुधेना घर भई बिगत २ बर्षदेखि अमेरिका बस्दै आएका भट्टराईले आज आफ्नो २३ औँ जनमदिनको अवसरमा उनको अध्ययनका लागी भन्दै पहिलो चरणमा १४ हजार रुपैया सहयोग गरेका छन् ।
बन्दना नेपालीले जन ज्योती माबिबाट एसईई उत्तिर्ण गरेकी हुन् । पढाईप्रति लगन, मेहनत गर्ने र पढाईमा तेज भएकाले उनलाई सहयोग गर्ने भावना आएको सुबास भट्टराईले बताए ।
क्यान्सर पीडित बालिकालाई सहयोग, जेसीस भबन बनाउन सहयोग, तीजको अबसर पारी ४० जना बृद्ध आमालाइ कपडा वितरत जस्ता समाज सेवा गर्दै आएका छन् ।