बराहक्षेत्र सामुदायीक वन समूहको अध्यक्षमा बुढा

घोराही,२५ असोज । घोराही उपमहानगरपालिका–१३ मा रहेको बराहक्षेत्र सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा निर्विरोध युवा नेता प्रेम बुढा चयन भएका छन् ।

वन समूहको २० औ साधारणसभाले नेकपाका युवा नेता तथा समाजसेवी बुढाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा ओमप्रकाश घर्ति, सचिवमा शान्ति विक, सहसचिवमा राजकुमार रोका र कोषाध्यक्षमा यमराज घर्ति निर्वाचित भएका छन् ।

वन समूहको सदस्यहरुमा बिमला विक, शान्ति विक, यमबहादुर विक, लक्ष्मी नेपाली, मंगलादेवी पुन र बिष्णु घर्ति निर्वाचित भएका वन समूहका पूर्व सचिव लिलाजित नेपालीले जानकारी दिएका छन् ।

वन समूहका निवर्तमान अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष रविलाल घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य केशव गिरी, ज्यामिरे सामुदायिक वन समूहका अध्यक्ष दयाजी रोकालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष बुढाले सर्वसहमत नेतृत्व चयनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आगामी दिनमा वन समूहको विकाससँगै वन समूहलाई आर्थिक रुपमा सक्षम बनाउने प्रतिवद्धता व्यक्त समेत गरेका थिए ।
,