दाङ,२२ असोज । नेपालमा पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आजदेशभर १८ हजार ४ सय ७३ जनाको परीक्षण गरिएको मध्ये ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
विहिवार थपिएकासँगै नेपालमा संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
बिहिबार काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित र होम आइसोलेसनमा १४ हजार ९ सय ९३ जना रहेका छन्।
हाल ४ हजार ४ सय ६० जना क्वारेन्टाइनमा रहेका छन्।
गत २४ घन्टामा २ हजार ६ सय ७५ जना कोरोना मुक्त भएका छन्।