लक्ष्मण बस्नेत
दाङ,१५ असोज । सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल (सोसोन) दाङ गठन गरिएको छ ।
सामाजिक अध्ययन विषयसंग सम्बन्धित जिल्ला स्तरमा छरिएर रहेका शिक्षक तथा सरोकारवालासहितको सम्पन्न जिल्लास्तरिय जुम बैठकले श्रीधर शर्मा अध्यक्ष रहेको १७ सदस्यीय सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल दाङ शाखा गठन गरेको हो ।
जसको उपाध्यक्ष हिमालप्रकाश अधिकारी, सचिब प्रदिप चन्द, कोषाध्यक्षमा पवित्रा केसी रहेका छन् । त्यसैगरी सदस्यहरुमा धनबहादुर पुन, पदमप्रसाद आचार्य, जगत रोका, मनकली बुढा, बिष्णुमाया बोहरालाई चयन गरिएको छ ।
त्यस्तै आमन्त्रीत सदस्य हरुमा भिम बहादुर केसी,रामप्रसाद खनाल, बिनोदकुमार गुप्ता, गंगाराम घर्ती, दिपक गौतम, दिपा ओली, नवराज भण्डारी र लोक बहादुर बुढा रहेको सचिव प्रदिप चन्दले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले रामप्रसाद जैसी संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसको सल्लाहकार सदस्यमा राजेन्द्र बहादुर बस्नेत,र उद्धव न्यौपाने रहेका छन् ।
जुम बैठक पद्मोदय पब्लिक नमुना माबी भरतपुरका प्रधानाध्यापक रामप्रसाद जैसीको अध्यक्षता तथा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टको प्रमुख आतिथ्यमा भएको थियो । उद्धव न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रिय शिक्षाको १२ वटै उदेश्यसंग सामाजिक अध्ययन विषय सम्बन्धित भएकाले असल नागरिक उत्पादन गर्न यससंग सम्बन्धित ब्यक्तिहरु संस्थागत गर्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नु पर्ने बताएका थिए । त्यस अबसरमा कार्यक्रमका प्रमुख अतिथी सोसोनका केन्द्रिय अध्यक्ष बिष्ट, उपाध्यक्ष धुर्वराज थापा, महासचिव ज्ञानबहादुर अधिकरी, कोषाध्यक्ष सुशिला ढकाल, केन्द्रिय सदस्य तथा शाखा बिस्तार समितिका सयोजक दामोदर न्यौपाने, नेपाल शिक्षक महासघ दाङका अध्यक्ष अमर खड्का लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सचिव प्रदिप चन्दले गरेका थिए ।