दाङ, २४ पुस । राष्ट्र निर्माता पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान दाङले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।
प्रतिष्ठान दाङको बिहिवार घोराहीमा सम्पन्न बैठकले राष्ट्र निर्माता पृथ्वी नारायण शाह स्मृतिमा पुस २७ गते बिबिध कार्यक्रम गरी २९८ औ राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो । प्रतिष्ठान दाङका अध्यक्ष नमबहादुर पौडेलको अध्यक्षता एंव सल्लाहकार भरत के।सी।को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले २७ गते घोराहीको तुल्सीपुर चोकमा जम्मा भएर घोराही बजार परिकर्मा गरी कोण सभा गर्ने निर्णय गरेको हो ।
एकता दिवस मनाउनका लागि प्रतिष्ठानमा आवद्ध तथा राष्ट्र प्रेमी सवैलाई २७ गते बिहान साढे ११ बजे तुल्सीपु चोकमा जम्मा हुन समेत बैठकपछि अध्यक्ष नमबहादुर पौडेलले आग्रह गर्नु भएको छ ।