मेरो खुशी : उपाध्यक्षमा चुनाव जित्दा …

म सानैदेखि समाज सेवा र राजनीतिमा चासो राख्ने गरेको थिए । विद्यार्थी जीवनदेखि नै मेरो राजनीति सुरु भयो । २०४८ सालमा कांग्रेस नेता स्व खुमबहादुर खड्काको प्रचारप्रसारमा गाउँमा झण्डा बोकेर हिड्दाको क्षण र त्यतिबेलाको याद धेरै छ ।

त्यतिबेलाको विकट गोल्टाकुरी गाविसमा म जन्मिएर जीवनका धेरै उकाली–ओरालीहरु पार गर्दै अहिले गाउँपालिकाको उपाध्यक्ष पदमा रहेर काम गर्ने अवसर मलाई जनताले जुटाइदिनुभएको छ । यो भन्दा बढी खुशी मेरो लागि अरु के हुनसक्ला र ! हाल दंगीशरण–२ कलमखोलामा जन्मिएकी दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्काको अभिव्यक्ति हो यो । सानैदेखि राजनीति र सामाजिक कार्यमा सक्रिय खड्काले आप्mनो पहिलो खुशी गाउँपालिकाको उपाध्यक्ष पदमा २६ मतले चुनाव जित्दाको भएको सुनाइन् ।

‘जीवनमा खुशी र दुःखका क्षणहरु धेरै छन् तर मेरो पहिलो खुशी गाउँपालिकाको उपाध्यक्ष पदमा विजय हुँदाको क्षण पहिलो खुशी लेखिदिनुहोला’–उनले भनिन् । खड्काले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचनमा उपाध्यक्षको टिकट पाएर आप्mनो प्रतिद्वन्द्वीलाई २६ मतले पछाडि पारेर आफू विजयी हुँदा जीवनमै पहिलो खुशी प्राप्त गरेको सुनाइन् । ‘चुनाव हो, जित–हार हुन्छ तर त्यो ठाउँमा त्यो अवस्थामा मलाई चुनाव लड्नु निकै चुनौती थियो, चुनौतीका बीच पनि मैले चुनाव जिते म त्यसमा खुशी छु’–उनले भनिन् ।

उनले निर्वाचन सम्पन्नसँगै मत गणना हुँदा आफूलाई मत गणना स्थलबाट अर्को दलको नेताले तपाईं व्याग बोकेर निस्कनुहोस्, तपाईं चुनाव हार्नुहुन्छ भन्दा निकै मन खिन्न भएको सुनाइन् । ‘वडा नं. १बाट मत गणना सुरु भएको थियो, त्यहाँ अलिकम मत आएको थियो, तर एक जना अर्को दलका नेताले मलाई त्यहाँबाट बाहिर निस्कनुहोस भन्नुभएको थियो, तर म त्यहीँ बसिरहेँ, अन्तिममा मैले चुनाव जितेँ, त्यो मेरो लागि खुशीको क्षण थियो’ उनले भनिन् । उनले २०७४ साल असार १८ गते विहान ४ बजे मतगणना सकिएको र आफू विजयी भएपछि हर्षित भएको सुनाइन् ।

खड्काले अर्को खुशी पार्टीले आफूलाई विश्वास गरेर उपाध्यक्ष जस्तो पदका लागि टिकट पाउँदाको भएको पनि सुनाइन् । उनले आफूले पार्टीमा गरेको लगानीको सम्मान र आफूलाई विश्वास गरी टिकट प्राप्त गरेकोमा पनि खुशी भएको बताइन् । ‘आकांक्षीहरु धेरै हुनुहुन्थ्यो तर पार्टीले मलाई विश्वास ग¥यो र टिकट दियो, मैले पनि पार्टीको त्यो विश्वासलाई माथि उठाउन सकेँ, म त्यसमै खुशी छुँ’– उपाध्यक्ष खड्काले भनिन् ।

त्यस्तै खड्काले अर्को खुशी उपाध्यक्ष भएर हरेक विकास निर्माण र दूरदराजमा विकास दिँदाको भएको सुनाइन् । उनले सबै हिसाबले पछाडि परेको दंगीशरण गाउँपालिका साविक गोल्टाकुरी गाउँपालिकाको फुर्केसल्लीमा मोटर बाटो पु¥याउँदा होस् वा अन्य विकासका कामहरुमा गाउँपालिकामार्फत् गर्न पाउँदा आफू खुशी भएको सुनाइन् । ‘मैले चुनावमा गरेको जनता सामूका सबै कुरा पूरा गर्न भने सकेको छैन् तर केही भए पनि पूरा गर्ने अवसर पाएको छु, म यसैमा खुशी छु’–खड्काले भनिन् ।

खड्काले जनताले दिएको जिम्मेवारी पूरा गर्न न जनचाहना र जनताको मन जितेर काम गर्न आफू लागेको र त्यसैमा खुशी प्राप्त हुने सुनाइन् । उनले आफू गाउँपालिका न्यायिक समितिको संयोजक भएर धेरै दिदीबहिनीहरुलाई न्याय दिने र सबै किसिमका विवादहरुलाई मिलाउन पाउँदा पनि खुशी भएको सुनाइन् । उनले अन्यायमा परेकालाई न्याय दिन पाउँदा पनि खुशी लाग्ने गरेको बताइन् । खड्काले कसैलाई पनि काखा र पाखा नगरी सत्य–तथ्य र निष्पक्ष रुपले न्याय सम्पादन गर्न पाउँदा पनि खुसी प्राप्त हुने बताइन् ।

सामाजिक सेवालाई पनि अगाडि बढाएकी खड्काले गोल्टाकुरीमा महिला स्वयम्सेवीकासँगै स्वास्थ्य प्रबद्र्धक भएर सेवा गरेको बताइन् । उनले गाउँघरमा दूरदराजका दिदीबहिनीहरुको स्वास्थ्य र बालबालिकालाई खोप लगाउनु पर्छ भन्दै धेरैलाई सेवा गरेको र सो सेवा गर्न पाउँदा पनि खुशी भएको बताउछिन् । ‘त्यतिबेला गाउँघरमा गर्भवति जाँच, गराउनुपर्छ स्वास्थ्य सुरक्षाको विषयमा सबै अनभिज्ञ थिएँ, हामीले टोलटोलमा पुगेर सचेता दिने काम गरेका थियौँ’– उनले भनिन् । उनले मातृ मृत्यु दर र सयाँै आमाहरुलाई सेवा गर्न पाएकोमा पनि खुशी व्यक्त गरिन् ।

उनले गाउँघरमा नूनका पोकाहरु दिएर गर्भवती जाँच गराउनुपर्छ भन्ने अभियान सञ्चालन गरेको समेत बताइन् । गोल्टाकुरी स्वयम्सेविका दूरदराजका घरमा पुगेर डाक्टर तथा सामाजिक क्षेत्रमा काम गर्न पाउँदा तथा गर्भवतीले चारपटकसम्म जाँच गराउनुपर्छ भन्ने अभियान थालेकोमा पनि खुशी व्यक्त गरिन् । खड्काले आफू समाजसेवा र राजनीतिमा लाग्दा घरपरिवार र सबैको साथ सहयोग पाउँदा पनि आफूलाई खुशी लाग्ने गरेको सुनाइन् ।

उनले विवाहपछि २०५० सालमा घरमा छोरा जन्मँदा र ज्येष्ठ छोराको आगमन हुँदा पनि खुशी भएको बताइन् । उनले आफू गाउँपालिकाको उपाध्यक्ष भए पनि आप्mनै घरमा बसेर जनतासँग प्रत्यक्ष दैनिक भेटघाट र उनीहरुको सुख–दुःखमा साथ दिन पाउँदा पनि खुशी हुने गरेको सुनाइन् । खड्काले आफ्नो घरव्यवहार पछि बीचैमा पढाई छोडे पनि २०६२ सालमा उरहरी माविमा भर्ना भएर एसएलसी दिए र पास गर्दा अर्को खुशी प्राप्त भएको सुनाइन् ।

‘लामो समयको ग्यापपछि मैले एसएलसी दिन पाएँ र पास भएँ, म त्यतिबेला पनि खुशी भएको थिएँ’ उनले भनिन् । दंगीशरण –२ निवासी पिमा खड्का दंगीशरण गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै गाउँपालिकाको उपाध्यक्ष हुन् ।

प्रस्तुती : बालाराम खड्का