डा.कृष्णराज डी.सी.
१. विषयप्रवेश :
राजनीतिशास्त्रका पिता अरस्तु ‘त्यो मानिस कि भगवान् हो कि त पशु हो, जो राजनीतिबाट अलग रहेर बस्न सक्छ’ भनेका छन् । अर्थात् मानवसमाजमा जन्मिएर कुनै पनि मानिस राजनीतिबाट अलग रहन सक्दैन ।
राजनीतिको अर्थ मूल नीति वा राज्यद्वारा अवलम्बन गरिएको नीति हो । जसलाई अङ्ग्रेजीमा (एयष्तिष्अक) भनिन्छ । राजनीतिले राजयको उत्पत्ति, राज्यव्यवस्था, राजनीतिक पद्धति, जनता सम्प्रभुता (क्यखभचभष्नmतथ) र प्रजातन्त्र (म्झयअचबअथ) आदिका बारेमा विशद अध्ययन र चर्चा गर्दछ । राजनीतिको बारेमा विभिन्न बहस र छलफल गर्ने काम प्राचीन युनान (ग्रिक) बाट प्रारम्भ भएको हो ।
त्यसपछि क्रमशः बेलायत, फ्रान्स, जर्मनी आदि विभिन्न युरोपियन मुलुक हुँदै अफ्रिका र एसियन मुलुकहरुमा पनि राजनीतिक चेतना विस्तार हुँदै गएको देखिन्छ । तर नेपालको राजनीतिक इतिहास भने फरक छ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिले नेपालमा एक खालको राजनीतिक चेतना थियो । त्यसपछिको विशाल नेपालमा सशक्त राष्ट्रिय चेतनाको जागरण भयो ।
कोतपर्वको हत्याकाण्डपछि जब जङ्गबहादुर राणाले राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर एक सय चार वर्षसम्म निरङ्कुश जहानियाँ हुकुमी शासन चलाएर नेपाली जनतालाई अन्धकारको भुमरीमा राखियो, त्यसपछि राणाहरुको बाघपञ्जाबाट नेपाली जनतालाई जनमुक्ति प्रदान गर्नका लागि तमाम नेपाली आमाका सपुतहरुले आत्मसमर्पण गरे । फलस्वरुप २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भयो । त्यसपछि नेपाली राजनीतिले नयाँ मोड लिएको हो ।
१.१. नेवबहादुर मल्ल :
सल्यान जस्तो दुर्गम जिल्लामा जन्मी हुर्किएर त्यहाँका जनतालाई राजनीतिक चेतना प्रदान गर्ने कुशल प्रजातान्त्रिक योद्धाको नाम हो नेवबहादुर मल्ल । मल्ल सल्यानको राजनीतिक इतिहासमा एउटा विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो तर इतिहासले उहाँलाई चिन्न सकेन ।
हुन त नेपाल एउटा त्यस्तो देश हो, जहाँ भीमसेन थापा जस्ता अमर देशभक्त महापुरुषले आत्महत्या गर्नुपरेको थियो । वीपी कोइरालाजस्ता नेपाल आमाका सपूतलाई निर्वासित जीवन र जेल जीवन बिताउन विवश बनाइएको थियो । यी सबै कामहरु नेपालले आफैले भन्दा अरुको निर्देशनमा गर्छ भन्नु कुरा कवि भूपी शेरचनको ‘हामी’ शीर्षकको कविताले पुष्टि गरेको छ ।
जस्तै :
‘हामी वीर छौँ तर बुद्धू छौँ
हामी बुद्धू छौँ र त वीर छौँ
हाम्रो टाउको आफ्नो छ तर
त्यसमा बृद्धि भरिदिने अर्कै छ ।
हामी क्यारेमबोर्डका गोटी होँ
स्ट्राइगरले जता हान्यो उतै ठोकिन्छौँ …’
(घुम्ने मेचमाथि अन्धो मान्छे)
कवि भूपीका उपर्यूक्त कवितात्मक पङ्क्तिहरुले भनेझैँ आज पनि हाम्रो कुनै स्थापित स्वअस्तित्व छैन । खालि हामी अरुको बुइँ चढेर आफू बाँच्न सिकेका छौँ । तर नेवबहादुर मल्लले त्यसो कहिल्यै गर्नुभएन । उहाँले दाङजिल्लाको (समग्रमा भन्नुपर्दा राप्ती क्षेत्रकै महत्वपूर्ण ऐतिहासिक विद्यालय) पद्मोदय पब्लिक नमुना मा.वि.को स्थापनाकालमा ठूलो योगदान दिनुभएको इतिहास भेटिन्छ ।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ, जनकल्याण मा.वि. दुधरास दाङमा पनि उहाँको विशिष्ट योगदान रहेको देखिन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा मल्लजी मन, वचन र कर्मले सतत लागिरहनुभएको इतिास पाइन्छ । राजा महेन्द्रको शासनकालमा उहाँ वन सहायकमन्त्री हुनुभएको थियो । नेपालको पञ्चायती शासनकालमा पनि उहाँ प्रत्यक्ष वा परोक्ष रुपमा प्रजातन्त्रकै पक्षमा संलग्न हुनुहुन्थ्यो ।
नेपालको जनमत संग्रहको निर्वाचनपछि उहाँ प्रजातन्त्रकै पक्षमा राष्ट्रिय पञ्चायतको सदस्यमा लड्नुभयो तर पराजित हुनुभयो । यति हुँदाहुँदै पनि उहाँले पारिवारिक स्तरमा प्रजातान्त्रिक संसकार सिकाउनुभयो, जसको परिणाम आज उहाँका सबै परिवार र अनुयायीहरु प्रजातन्त्रकै पक्षमा रहनुभएको छ ।
नेता नेवबहादुर मल्लमा कहिल्यै लोभ र पाप जागेन बरु उहाँको ठूलो पैतृक सम्पत्ति राजनीतिकै नाममा सिद्धियो तर उहाँका सन्तानहरु सरस्वतीका वरदान बन्न पुग्नुभयो । वर्तमान राजनीतिमा संलग्न व्यक्तिहरुले अथाह धनराशी परोक्ष रुपमा धेरैजसोले सङ्कलन गर्नुभयो तर त्यस्तो प्रवृत्ति नेता मल्लमा कतै भेटिएन र देखिएन पनि । हो न हो सल्यानी जनतालाई एउटा आरोप लाग्ने गरेको छ, त्यो हो पैसाका आधारमा आफ्नो अमूल्य मताधिकारको प्रयोग ! सुन्दा अत्यन्त पीर लाग्छ र आफैभित्र प्रश्न उठ्छ कहाँ छ हाम्रो बौद्धिक चेतनास्तर ? हेक्का रहोस् ! कुरा नेवबहादुर मललजीले राष्ट्रिय पञ्चायतको निर्वाचनमा पराजय भोगनुपरेपछिको हो, एकपटक म तुलसीपुरदेखि घोराही जाने सार्वजनिक बसमा यात्रा गर्दै थिएँ । उक्त बसमा मललजी पनि चढ्नुभएको रहेछ ।
त्इसबेला म महेन्द्र बहुमुखी क्याप्सन दाङमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत थिएँ । उहाँ मेरो अगाडिको सिटमा बस्नुभएको थियो । उहाँसँगै अर्को मानिस हुनुहुन्थ्यो र राजनीतिक कुराकानी चलिरहेका थिए । मैले पछाडिबाट सुनिरहेको थिएँ । उहाँले खिन्न भावमा भन्नुभयो, ‘जनता भएको देशमा भए हो, जनतालाई जन्तुझैँ व्यवहार गरिने देशमा के भन्नु …?’
यो सच्चा देशभक्त नेपालीको यथार्थ पीडा हो । जुन देशका जनताले आफ्नो जनाधिकारको प्रयोग गर्न आदि होला नेवबहादुर मलल आफूले बेपत्ता भएर जानुभयो । हालसम्म उहाँको जीवन वा मरण के छ ? अज्ञात नै छ ।
१.२. निष्कर्ष
इतिहास पढेर जान्ने कुरा हो । तसर्थ, मैले आफूभन्दा धेरै अगाडिको समाजसेवीको बारेमा नेवबहादुर मल्लजीका सुपुत्र ध्रुव मललको अनुरोधमा नेवबहादुरबारे मैले आmूले जानेबुझेका कुराहरु लेखेको हुँ । अब सल्यानवासीहरु सबैले अग्रजहरुको सम्मान गरौँ, राजनीतिक संस्कृतिको विकास गरौँ तर राजनीतिक विकृतिको भने अन्त्य गर्नु अपरिहार्य छ ।
अन्त्यमा, पूर्वमन्त्री नेवबहादुर मललप्रति सम्मान व्यक्त गर्दै उहाँको संस्मरणमा स्मारिका प्रकाशन गर्ने छोरा ध्रुव मलललगायत उहाँका स्वजनहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।