एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि
दाङ, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ४ सय ९४ नमुना परीक्षण गर्दा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो ।
यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । उनीहरु मध्य ३ सय ७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
