दाङ, १५ पुस । दाङमा भ्रमण बर्ष स्वागतको लागि तयारी पुरा भएको छ । नेपाल भ्रमण बर्ष २०२० को स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको तयारी पुरा भएको जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले जनाएको छ ।
समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि बुधवार घोराही उपमहानगरपालिका वडा नं. १३ को बाह्रकुनेदहमा आयोजना गरिएको बृह्त स्वागत कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । भ्रमण बर्ष स्वागतका लागि तयारी पुरा भएको जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिका संयोजक जितेन्द्रमान नेपालीले बताए । ‘पर्यटन बर्ष २०२० को स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ’,जिल्ला संयोजक नेपालीले भने,‘भोली भव्य कार्यक्रमका विच भ्रमण बर्षको स्वागत गरिनेछ ।’ जिल्लाको आर्थिक तथा पर्यटन विकास लागि भ्रमण बर्षलाई मुख्य आधार मानिएको समेत उनले बताए ।
भ्रमण वर्षको उद्घाटन प्रदेश न ५ का सभामुख पुर्णबहादुर घर्ती दाङ आइपुगेका छन । कार्यक्रमको विहान ११ बजे उद्घाटन गरिएको छ । भ्रमण बर्षको उद्घाटन कार्यक्रममा थारु, मगर, अवधी, नेवार र अन्य समुदायका झाँकी प्रस्तुत गरिने समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले जानकारी गराएका थिए । त्यसैगरेर मञ्च व्यवस्थापन, स्वागतद्धार निर्माणको काम सकिएको समेत पौडलले जानकारी गराएका छन ।