कोरोना विरुद्धको सचेतना अभियानमा रानिघाट युवा क्लब
डिल्लीराज भुसाल
तुलसीपुर,२६ भदौ । तुलसीपुर–७ गणेशपुर राप्ती शान्ति उद्यान चोकमा रानीघाट युवा क्लवले कोरोना सचेतना कार्यक्रम गरेको छ ।
क्लब का अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य एव वडा न ७ सदस्य चित्रा मल्लको प्रमुख आतिथ्यता एव राप्ती शान्ति उद्यान गणेशपुरका अध्यक्ष डिल्लीराज भण्डारीको विशिष्ट आतिथ्यता भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना सचेतनाका लागि ध्यानदिनुपर्ने बताएका थिए ।
क्लबकी सदस्य टीका पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना सचेतनाका लागि ध्यान दिन समेत आग्रह गरेका थिए । उनले सचेतनाबाट बच्नका लागि कुलत ,दुर्ब्य्सन कुसंस्कार , बिकृती नियन्त्रणमा लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नेकपाका खगेश्व पराजुली, प्राबि श्रीगैका प्रअ फर्साराम खनाल, नमूना टोल बिकास संस्थाका अध्यक्ष बालाराम रेग्मी, क्लब का सल्लाहकार शंकरमान बिष्टले मन्तव्य व्यक्त गरेका थिए ।
अभियानका क्रममा नमुना हरियाली टोल ,श्रीगणेश टोल,बराहथान टोल,जानकी टोल ,एमेल्चि टोल, जल्धार टोल तथा गणेशपुर पार्कका स्थानीय तथा हिडडुल गर्ने बटुवा सवारी चालक ,सहचलाकलाई निसुल्क मास्क ,पन्जा तथा आयुर्वेदिक जडिबुटी लहरे गुर्जो बितरन गरिएको थियो।
उक्त कार्यक्रममा क्लबले स्थापन गरेको राहत कोषमा कार्यपालिका सदस्य चित्रा मल्लले ५ हजार ,राजन भण्डारीले ५ हजार, गणेशपुर पार्कका नेत्रमनी पोख्रेलले २ हजार कालाखोलाका मित्रमनी पौडेलले २ हजार इश्वोरी खनालले ५ सय सहयोग गरेका थिए ।
क्लवले २४ गते पर्सेनी, २५ गते कालाखोला, मटेरा घुसरी र २६ गते गणेशपुर पार्क खर्चवा मिलन चोकमा कोरोना सचेतना अभियान तथा मास्क ,पन्जा र लहरे गुर्जो बितरण गरेको जनाएको छ। क्लबले उक्त अभियानमा आर्थिक सहयोग गर्न दाताहरुलाई धन्यवाद प्रदान गरेको छ । सहयोग गर्न चाहने दाताले क्लबमा सम्पर्क गर्न अनुरोध गरेको छ। कार्यक्रमको सहजीकरण क्लबका सचिव डिल्लीराज भुसालले गरेका थिए ।
