दाङ,२१ भदौ । दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको स्वाव परिक्षणका क्रममा देउखुरीको राप्ती गाउँपालिका निवासी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वाव परिक्षणका क्रममा राप्ती गाउँपालिका– १ निवासी ३९ वर्षीया महिला र १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । योसँगै राप्ती गाउँपाललिकामा सक्रिय संक्रमितको संख्या ७ पुगेको छ ।
त्यसैगरी जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । संक्रमित मध्य ७ सय ६ जना उपचारपछि घर फर्किएका छन् । दाङमा कोरोना विशेष अस्पताल बेलुझण्डी, देउखुरी कोरोना आइसेलेसन सेन्टरलगायत होम आइसोलेसनमा गरि १ सय ३२ जना उपचारका क्रममा रहेका छन् ।
सक्रिय संक्रमित मध्य सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा मात्र ६६ जना रहेका छन् भने सबैभन्दा कम लमही नगरपालिकासँगै गढवा र दंगीशरण गाउँपालिकामा ११ जना रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा ४१, शान्तिनगर गाउँपालिकामा १३, राप्ती गाउँपालिकामा ७ र राजपुर गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।