शिवराज खनाल
लमही,२० भदौ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा समाजसेवी रत्नप्रसाद श्रेष्ठ दम्पतिले राप्ती गाउँपालिकामा रहेको निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छ्न्।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण आश्रमलाई परेपछि अध्यक्ष श्रेष्ठले खाद्यान्न सहयोग गरेका हुन । दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानवरहित बनाउने उद्देश्यले सञ्चालित आश्रमलाई श्रेष्ठले ३ कट्टा चामल , ५ केजी दाल , ३ प्याकेट तेल सहयोग गरेका हुन ।
उक्त खाद्यान्न सस्था संचालक समितिका अध्यक्ष प्रकाश बिष्टलाई अध्यक्ष श्रेष्ठ दम्पतीले हस्तान्तरण गरेका थिए । खाद्यान्न लिदै अध्यक्ष विष्टले सहयोग गरेकोमा धन्यावाद दिएका थिए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा अध्यक्ष रत्नप्रसाद श्रेष्ठकी धर्म पत्नि अन्जु श्रेष्ठ , देउखुरी बहुमुखी क्याम्पसका अध्यक्ष गणेश चौधरी,सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकीलगायत देउखुरीका पत्रकारहरु को समेत सहभागीता रहेको थियो ।