शिबराज खनाल
लमही, १८ भदौ । देउखुरीमा जातीय विभेद एवं छुवाछुत बिरुद्धको चलचित्र निर्माण हुदैछ । पत्रकार तथा अबधि संस्कृतिका कलाकार दुःखहरण यादव (बिक्रम) ले विविशा फिल्मसको ब्यानरमा जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो” निर्माण हुन लागेको चलचित्रमा अभिनय गर्न लागेका हुन ।
दक्षिण देउखुरीमा संचार क्षेत्रमा अहोरात्र खटिरहेका दुखहरण यादवलाई चलचित्रमा सामाजिक अभियान्ताको भूमिकाका लागि अनुबन्धित गरिएको चलचित्रका निर्माता बिष्णुकुमार देवकोटाले बताए । नेपालकै ख्याति प्राप्त हाँस्य कलाकारद्धय मह जोडिद्वारा अभिनित सुगन्धपुर नामक टेलिफिल्मको संचारकर्मी यादवले अवधी भाषामा उल्था र भाषागत निर्देशन गरेका छन ।
देउखुरीको गढवामा रहेको रेडियो साझा आवाजमा लामो समयदेखि स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाली रहेका छन् भने बिगत पन्ध्र बर्षदेखी पत्रकारिता क्षेत्रमा सक्रिय हुदै आएका छन् । मिडिया क्षेत्रमै रहेर अवधि भाषा, सस्कृतीको लागि आफुले कलम चलाउने समेत पत्रकार यादवले बताए । समुदायमा अझै पनि जातियताको लडाई कायमै छ, यो लडाई जब सम्म अन्त्य हुन्न तबसम्म विभेद कायमै हुन्छ उनले भने।
पत्रकार यादवले अवधी भाषामा बनेका रामायण नाटक, सत्य हरिश चन्द्र गीति नाटक र राजा पुरुषोत्तम नामक नाटकमा समेत निर्देशन गरिसकेका छन् । उनी अवधी पत्रकारसंघ दाङ जिल्ला अध्यक्ष पनि हुन्