दाङ,१७ भदौ । सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ।
देशभर कोरोना संक्रमित बढीरहदा सरकारले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा जारी गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
त्यसैगरी उनले २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने बताए । अहिले काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन र रुपन्देही जिल्लाहरुमा ५ सय बढि संक्रमितहरु रहेका छन्।
त्यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन्। जसमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन्। सबभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्। काठमाडौंमा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन्।