दाङ,१६ भदौ । दाङमा लकडाउन उल्लघंन गर्ने पुरुषभन्दा महिला धेरै कारवाहीमा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले गरेको एक हप्ते लकडाउनको दोश्रो दिन लकडाउन उल्लघंन गर्ने पुरुषभन्दा महिलाहरु धेरै कारवाहीमा परेका हुन ।
प्रहरीले लकडाउन उल्लघंन गरेको आरोपमा आज मंगलवार जिल्लाका विभिन्न स्थानमा ३ सय ३९ जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् । उनका अनुसार कारवाही पर्नेमा महिला १ सय २७ र पुरुष १ सय १२ जना रहेका छन् ।
त्यस्तै प्रहरीले मास्क प्रयोग नगरेको आरोपमा ३७ जनालाई कारवाही गर्दा ३७ सय राजश्व समेत संकलन गरेको छ । जसमा ८ जना महिला र २९ जना पुरुषलाई कारवाही गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।
लकडाउन उल्लघंन गरेका आरोपमा मंगलवार प्रहरीले जिल्लाका विभिन्न स्थानमा ६८ वटा सवारीसाधनलाई समेत कारवाही गरेको छ । जसमा मोटरसाइकल ४० वटा, ट्रक÷टिप्पर १६ वटा, अटो ८ वटा र टेक्टर ४ वटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।