दंगीशरणमा कृषिमा ४५.६१ प्रतिशत बजेट खर्च

दिप्तीशिखा चौधरी
दंगीशरण, ११ भदौ । दंगीशरण गाउँपालिकाको कृषि शाखाले कृषी क्षेत्रमा आर्थिक बर्ष २०७६÷०७७ मा ४५.६१ प्रतिशत अर्थात ३७ लाख ४० हजार ४ सय ७४ बजेट खर्च गरेको छ ।

गाउँपालिकाले सर्शत, वडा कार्यालय र मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमबाट प्राप्त कृषी क्षेत्रमा उक्त बजेट खर्च गरेको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सरु भुसालका अनुसार कृषि शाखाको १० लाख ६३ हजार ८ सय ८२, वडा कार्यालयको १८ लाख ५३ हजार ९ सय ४४, सर्शत अनुदान कार्यक्रमको ३ लाख २५ हजार, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको ४ लाख ९७ हजार ६ सय ४८ रुपैयाँ बजेट खर्च गरिएको छ ।

उक्त बजेट गाउँपालिकाको कृषि क्षेत्रलाई फस्टाउनका लागि लगानी गरिएको प्रमुख सरु भुसालले जानकारी दिएकी छिन् । गाउँपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को कृषिका लागि विनीयनेजित कुल वजेटको ४५.६१ प्रतिशत बजेट खर्च भएको छ भने वडाले कृषिका लागि लगानी गर्न छुट्याएको बजेट मध्ये ६१.७९ प्रतिशत बजेट खर्च भएको छ । यस्तै सर्शतबाट अनुदानका लागि विनियोजित बजेट मध्य ४६.४२ प्रतिशत बजेट खर्च भएको छ भने मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्र्तगत ७१.०९ प्रतिशत बजेट खर्च भएको कृषि शाखा प्रमुख भुसालले जानकारी दिइन ।

कृषि क्षेत्रका लागि गाउँपालिकाले २०७६÷०७७ मा ३८ लाख बजेट विनियोजन गरेको थियो । यस्तै वडा कार्यालयले ३० लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउँन सर्सत बाट ७ लाख बजेट विनियोजन गरेको थियो भने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत ७ लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाको कृषि शाखाको कुल बजेटमा ७.२० प्रतिशत बजेट खर्च हुन सकेको छैन भने वडाको ३८.२० प्रतिशत बजेट खर्च हुन सकेको छैन । यस्तै सर्शततर्फको कुल बजेटमा ५३.५७ प्रतिशत बजेट खर्च हुन सकेको छैन भने मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमको कुल बजेटमा २८.९० प्रतिशत बजेट खर्च हुन नसकेको प्रमुख भुसालले जानकारी दिइन ।

कोरोना भाइरस माहामारीका कारण गाउँपालिका, वडा र सशर्त तथा मुख्यमन्त्री विकास कार्यक्रमबाट विनीयोजित रकम मध्य ४४ लाख ६० हजार २ सय २६ रुपैया खर्च हुन नपाएको प्रमुख भुषालले जानकारी दिएकी छिन । कृषकहरुको माग धेरै भएपनि लकडाउनका कारण सामान ढुवानी खरीदमा समस्याका कारण यस आर्थिक बर्षमा किसानहरु मारमा परेको बताईन् ।

गाउँपालिकाको कृषि शाखाबाट सम्पन्न कार्यक्रम

१ लाख ९८ हजार ९ सय ९२ मा ५० प्रतिशत अनुदानमा टनेल वितरण गरेको छ ।

८४ हजारमा वडा स्तरीय स्थलगत तालिम कार्यक्रम , ९९ हजार ५ सय मा आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम, १ लाखमा ५० प्रतिशत अनुदानमा आलु विउ वितरण कार्यक्रम, १ लाख ५० हजारमा ५० प्रतिशत अनुदानमा मकै विउ वितरण कार्यक्रम,१ लाखमा ५० प्रतिशत अनुदानमा गहुँको विउँ वितरण, १ लाखमा ४५ हजार ४ सयमा ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्यक्रम, ९९ हजार ९ सय ९० मा कम्पोजिट तरकारी विउ वितरण कार्यक्रम, ८६ हजारमा अनुगमन तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कृषि शाखाको १० लाख ६३ हजार ८ सय ८२ रुपैया कृषि कार्यका लागि खर्च गरेको छ ।

वडाबाट सम्पन्न कार्यक्रम

यसैगरी वडाबाट विनियोजित रकमबाट विभिन्न कृषकमुखी कार्यक्रम सम्पन्न गरेको छ । वडा न. १ मा २ लाख ४९ हजार ७ सय ९८ मा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण कार्यक्रम, वडा न. २ मा २ लाख ५० हजारमा सिचाईका लागि पम्पसेट तथा पाईप वितरण, वडा न. ३ मा २ लाखमा ५० प्रतिशत अनुदानमा पावर टेलर वितरण, ५० हजारमा ब्यमौसमि विउ वितरण गरेको कृषी शाखाले जनाएको छ ।

त्यसैगरी वडा नंं. ४ मा २५ हजारमा उन्नत जातका विउ वितरण कार्यक्रम, ३९ हजार ७ सय ७६ मा ५० प्रतिशत अनुदानमा टर्नेल थोपा सिचाईँ वितरण योजना ६ वटा, ९९ हजार ७ सय ४८ मा ५० प्रतिशत अनुदानमा मोटर पम्पसेट वितरण, वडा न. ५ मा २ लाखमा कृषि अवलोकन भ्रमण कार्यक्रम, वडा न. ६ मा ७५ हजारमा ५० प्रतिशत अनुदानमा ब्यमौसमी तरकारीको विऊ र २ लाख ४० हजारमा कृषि औजार खरीद गरि वितरण गरिएको थियो ।

त्यसैगरी वडा नं. ७ मा ३ लाख ७४ हजार ६ सय २२ रुपैयामा आधुनीक कृषियन्त्र खरीद योजना, ५० हजारमा ७५ प्रतिशत अनुदानमा विरुवा वितरण कार्यक्रम सम्पन्न भएका छन् । वडाले यस बर्ष १८ लाख ५३ हजार ९ सय ४४ रुपैया बजेट कृषि क्षेत्रमा खर्च गरेको छ ।

सशर्त तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

कृषि शाखाले सशर्तबाट विनियोजित बजेट ५ लाखमा ३ लाख २५ हजार रुपैयामा सहकारी सिचाई, साना सिचाई मर्मत सम्भार कार्यक्रम सम्पन्न गरेको छ भने मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमको विनियोजित बजेट ५ लाखको ४ लाख ९७ हजार ६ सय ४८ व्यमौसमी तरकारी खेतीका लागि टनेल खेती सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

कृषि लगानीबाट ५ हजार ६० घरधुरी लाभान्वित

कृषि शाखाले कृषि क्षेत्रमा बजेट लगानी गरेपछि दंगीशरणका ५ हजार ६० घरधुरी लाभान्वित भएका छन् । कृषि शाखाले विनियोजन गरेको बजेट बाट दंगीशरणका १० वटा कृषक समूहका ३ हजार ९ सय ५० घरधुरी संख्या लाभान्वित भएका छन् ।

यस आर्थिक बर्षमा वडा कार्यालय बाट विनियोजित बजेट बाट ६७ कृषक समूहका ८ सय ९० घरधुरी लाभान्वित भएका छन् । यस्तै ससर्त अनुदान कार्यक्रमबाट १ सय ५० हेक्टरमा सिचाई सुविधा पुगेको छ जसबाट १ सय २५ घरधुरी लाभान्वीत भएका छन् ।

स्थानीय तह आएसगैँ कृषि क्षेत्रमा लगानी धेरै भएकाले दंगीशरणमा विउ वितरण , टर्नेल वितरण र किटनासक औषधि वितरण बाट मौसमि तथा बेमौसमि तरकारी उत्पादनमा बृद्धि भएको छ भने मेसीन औजार वितरणले कृषि कार्यका लागि सहज, धान, गहुँ, मकैमा बृद्धि भएको कृषि शाखाले जनाएको छ ।

कृषि शाखाका मान बहादुर डांगीका अनुसार विउविजनदेखि मेसीनरी औजार नि.शुल्क रुपमा वितरण गर्ने भएकाले किसानहरुको माग धेरै भएको र माग अनुशारको पूर्ती गर्न नसकेको बताए ।

विपन्न वर्गका किसानहरुलाई लक्षीत गरेर अहिलेसम्म कृषि सामग्री वितरण गरेको उनले बताए । साथै दंगीशरणलाई कृषि क्षेत्रलाई ब्यवसायसंग जोड्नका लागि र कृषकहरुलाई आत्मनिर्भर बनाउँनका लागि पालिकाले २०७७÷७८ मा कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेर बजेट विनियोजन गरेको गाउापालिकाले जनाएको छ ।