Goraksha

National Daily

सभापति देउवाद्वरा विभाग गठन : दाङका १२ नेता कार्यकर्ता मनोनित

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेका पार्टीका बिभागहरूमा दाङका १२ जना नेता कार्यकर्ताहरूले भूमिका प्राप्त गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७  (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले ती बिभागहरू गठन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
नवगठिन संगठन बिभागको सदस्यमा दाङका राजु खनाल, शिक्षा बिभागमा चिन्ताबहादुर बुढाथोकी, यातायात बिभागमा धु्रव के.सी. र सुरेश हमाल, मुश्लिम बिभागमा लाल महम्मद मिया, तराई मधेस समन्वय विभागमा अनुराग यादव, बित्तिय तथा सहकारी समन्वय बिभाग सुशिला चौधरी, स्थानीय तह समन्यव विभागमा भरत के.सी. र नहकुल केसी, तरुण बिभागमा अनुराग खड्का र खेलकुद विभागमा जीतबहादुर के.सी. मनोनित भएका छन् ।

यसअघी नै महिला बिभागमा दाङबाट सुशीला थापालाई मनोनय गरिसकिएको छ ।