Goraksha

National Daily

दाङ महिला जेसीजले मनायो तीज मिलान कार्यक्रम

दाङ,२४ साउन । दाङ महिला जेसीजले तीज विशेष कार्यक्रम मनाएको छ । कोरोना भाइरसको जोखिमको समयमा उच्च सुरक्षा सतर्कता अपनाउदै महिलाहरुले दर खाएका हुन ।

दाङ महिला जेसीजको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि बिमला योगीले महिलाहरूमा तीज आउँदाको उमंग बेग्लै रहने बताउदै अहिले त्यो उमंगलाई कोरोना भाइरसले भताभुंग पारेकोमा चिन्ता ब्यक्त गरेकी थिइन । तीज पर्व महिलाको क्षमताको मुल्यांकन गर्ने पर्व भएको समेत उनको भनाई थियो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले तीजलाई कला सस्कृतिको संरषण गर्ने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अधिबक्ता गोमा महरा, नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष लालमणी भण्डारी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लीला शाह, त्रिभुवन नगर जेसीजका महासचिव मिनराज भाट, दाङ महिला जेसीजका पूर्वअध्यक्षहरू माया पोख्रेल , सुशीला पौडेल, निरजा पोख्रेल, बिमला शर्मा, डोमा पाण्डे, रेखा शर्मा, उद्योग बाणिज्य सघकी सदस्य बिन्दु दाहाल, नेकपाकी तारा पुरी, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष हुमा डिसी, गोरक्ष राष्ट्रिय दैनिककी प्रकाशक सुलोचना गौतम, पत्रकार सपना बोहोरालगायतकाले शुभकामना मन्तब्य दिएका थिए ।

दाङ महिला जेसीजकी अध्यक्ष जीवा भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिब संगीता गिरीले गरेकी थिइन ।

कार्यक्रमकी संयोजक अर्चना शर्माको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा उपाध्यक्ष नारायणी भण्डारले धन्यवाद ज्ञापन गरेकी थिइन ।