पहिरो पीडित परिवारलाई ४० हजार बराबरको खाद्यान्न सहयोग
कमिरेचौर,१९ साउन । दाङको बंगलाचुली गाउँपालिका वडा नं.५ साकिनेकामा घरमाथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएका मृतकका परिवारलाई घोराहीका विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।
उनीहरुले ४० हजार बराबरको विभिन्न खाद्य सामग्रीहरु बंगलाची गाउँपालिका वडा नं.५ का अध्यक्ष ऐनुराख खत्रीमार्फत पीडित परिवालाई हस्तान्तरण गरेका हुन् ।
मृतकका ससुरा बेवुराम परियार र छोरी एलिसा परियारलाई आधा–आधा सामग्रीहरु सयुक्त रुपमा हस्तान्तरण हस्तान्तरण गरिएको हो । उनीहरुले १३ बोरा चामल , २ बोरा दाल , ५ लिटर तेल,बेसार ,मसला ,जिरा, पुरनदाना ,चिउरा दालमोठ, १२ वटा कपडा धुने साबुन,१२ वटा नुहाउने सावुन,१२ वटा भाँडा माझ्ने सावुन गरी ४० हजार बराबरको सहयोग गरेका हुन् ।
पहिरो पीडित परिवारलाई नरेन्द्र पुन, नाम नबताउने सर्तमा क्यानडाबाट १५ हजार बरावरको चामल ,गणेश श्रेष्ठ सस्तो किराना पसलका गणेश श्रेष्ठ, रमेन्द्र श्रेष्ठ , शिव एग्रोका शिवराज रेग्मी , बामदेव सुवेदी, दिपक वस्नेत, टि–मार्ट परिवार, मुकेश डिसी ,आदित्य भट्टराई र सुमन अधिकारीले एकमुष्ट सहयोग प्रदान गरेका हुन ।
साउन ७ गते बुधबार राती परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरीएर एकाघरका आमा छोरीको मृत्यु भएको थियो । मृतक बाटुली परियारको ४ वर्षकी छोरी एलिसा परियार अहिले अविभावक विहिन भएकी छन् । उनी अहिले मामाको घरमा बस्दै आएकी छन् ।
