Goraksha

National Daily

१५ थान सालको काठसहित ११ जना पक्राउ

ओमप्रकाश गुप्ता,
देउखुरी १२ साउन । दाङमा पन्ध्र थान सालको चिरान काठसहित एघार जना काठ तस्कर पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटको राष्ट्रिय वनबाट आईतबार राति पौने १ बजेतिर देविकोटबाट ल्याउन लागेको अवस्थामा ११ जना गिरोह प्रकाउ परेको र १० जना फरार रहेको लमहीका सहायक वन अधिकृत देविप्रसाद चौधरीले जानकारी दिए ।

देविकोटबाट राति पौने १ बजे पन्ध्र थान चिरान काठ ल्याउने क्रममा तस्करीले दुईजना भालुवाङ् प्रहरीलाई हातपात समेत गरेको बताईएको छ । उक्त समुहको आक्रमणमा परि प्रहरी घाइते भएको बताईएको छ ।

डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविण विडारीका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुरी निवासी २५ वर्षिय विरबहादुर वली, सोही ठाउँ निवासी १८ वर्षिय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षिय शेखर थापा, ३६ वर्षिय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षिय विष्णु गिरी, नयाँ गाउँ जिवासी १८ वर्षिय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षिय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षिय दुर्गे थापा, सोहि ठाउँ कहलुवा निवासी १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विक रहेक छन ।

वनपैदावार (साल चिरान काठ) ओसार–पोसार सम्बन्धि कसुर अपराधमा अनुसन्धान गरि कारबाही गरिने डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख विडारीले बताएका छन् । सोही घटनामा सलग्न भएको आरोपमा फरार अन्य दशजनाको खोजी कार्य भईरहेको बताईएको छ ।