माथिल्लो भरतपुर टोलमा नयाँ कार्यसमिति
दाङ,११ साउन । घोराही उपमहानगरपालिका–१५ माथिल्लो भरतपुर टोल विकास सस्थाको १९ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गुरुप्रसाद आचार्यको अध्यक्षता ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
सस्थाको उपाध्यक्षमा शंकरप्रसाद नेपाल, सचिवमा रोमहर्ष आचार्य र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेका छन् । समितिको सदस्यमा केशवकुमार श्रेष्ठ, गोरखबहादुर बुढाथोकी, लिलाबहादुर थापा, ज्योति श्रेष्ठ, रश्मी श्रेष्ठ, बिमला रावत थापा,रमला श्रेष्ठ रहेका छन् ।
साधारणसभाले शंकरप्रसाद डाँगी र रेवतीरमण भट्राईलाई सल्लाहकारमा चयन गरेको प्रकाश चौधरीले जानकारी दिएका छन् ।
