Goraksha

National Daily

कृत्रिम जलाशयमा तारजाली गर्न माग गर्दै ज्ञापनपत्र

दाङ,६ साउन । कृत्रिम जलाशयमा तारजाली गर्न माग गर्दै घोराही–४मा रहेको लक्ष्मीपुर युवा क्लबले घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।

घोराही ४ मा रहेको शिवटोल र सिद्धार्थ टोल जोड्ने गरि बनेको कृतिम जलाशयमा तारजाली नगर्दा जोखिम बढ्ने भन्दै क्लवका उपाध्यक्ष हिमाल पौडेलको नेतृत्वमा गएको टोलीले कृतिम जलाशयमा सुरक्षित तारजाली गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्र्दै नगर प्रमुख चौधरीले कृत्रिम जलाशयको सुरक्षाको लागि उपमहानगरपालिकाले ध्यान दिने बताए ।

पानी संरक्षणसँगै स्थानीय सिचाईमा सहयोग पु¥याउने उद्देश्यले जलाशय निर्माण गरिएको भन्दै छिट्टै नै तारजालीको व्यवस्थापन गरेर सुरक्षा गर्ने प्रतिवद्धता जनाएको लक्ष्मीपुर युवा क्लवका कोषाध्यक्ष ताराप्रसाद भण्डारीले जानकारी दिएका छन् ।