दंगीशरणमा कोरोना संक्रमितको संख्या ५
दिप्तीशिखा चौधरी
दंगीशरण, ४साउन । पछिल्लो समयमा दंगीशरण गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दंगीशरणको विरेन्द्र माविमा रहेको २५ जनाको स्वाव परिक्षण गरेकोमा २ जनाको कोरोना पोजेटिभ आएको हो ।
दंगीशरण गाउँपालिका वडा नं.३ र ६ नं. का दुई पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई अहिले बेलझुण्डीमा लगिएको छ । उनीहरुको स्वाव नेपालगंजमा परिक्षणका लागि पठाईएको थियो ।
त्यस्तै यो भन्दा पहिला ३ जनामा कोरोना पुष्टि भएपनि उनीहरु निको भएर घर फर्किसकेको दंगीशरण कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिएका छन् ।
यसैगरी आज क्वारेन्टाईनमा रहेका ८ जनाको स्वाव संकलन गरि नेपालगंज पठाईको विरेन्द्र मा।वि क्वारेन्टाईन संयोजक अनन्त चौधरीले जानकारी दिए । संयोजक चौधरीका अनुशार आईतबार विदेशबाट आएका १ जनालाई क्वारेन्टाईमा राखिएको छ ।
