Goraksha

National Daily

रजत जयन्तीको स्वागतार्थ रक्तदान

दाङ,२४ मंसिर । प्राज्ञिक विद्यार्थी परिष्द नेपालले रजत जयन्तीको स्वागतार्थ रक्तदान गरेको छ । परिषदले आफ्नो २५ औँ स्थापना दिवसको स्वागतार्थ नेपालका २५ स्थानमा रक्तदान कार्यक्रम गरेको हो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही नगर कमिटिको आयोजनामा घोराहीमा पनि रक्तदान गरेको छ । घोराहीमा आयोजना गरिएको कार्यक्रममा नगर सचिव मधुसुदन गिरीको संयोजकत्वमा १९ जनाले रक्तदान गरेका थिए ।

जसमा १५ जना पुरुष र ४ जना महिलाहरु रहेका थिए । कार्यक्रममा सुरेश पौडेल, सनम श्रेष्ठ, सतिस शर्मा, महेशदत्त जोशी, इश्वरी बोहरा, सावित्रा बुढा, मिलन खड्का, दीपक खनाल, बिष्णुप्रसाद पंगेनी, निरञ्जन पाठक, गोविन्द न्यौपाने, लेखराज भुषाल,सुरज चौधरी, घनश्याम केसी, गिरिाज भुषाल, राजेश घिमिरे, सुशीला सुवेदी, सम्झना श्रेष्ठ र रवि श्रेष्ठले रक्तदान गरेका थिए ।