Goraksha

National Daily

आगलागीबाट एक लाख बढिको क्षेती

गोरक्ष समाचारदाता
दाङ,२४ मंसिर । देउखुरीमा एक घरमा आगलागी हुदा करिव एक लाख बढिको क्षेती भएको छ ।

देउखुरीको गढवा गाउपालिका वडा नं. ७ बिजयपुर बस्ने चुमा थापा मगरको फुसले छाएको १ तले कच्ची भान्सा घरमा आगलागी हुँदा करिव एक लाख २० हजारको क्षेती भएको छ ।

आगलागीबाट उक्त भान्सा घरमा रहेको अन्नपात, भाडा , काठ दाउरालगायतको जलेर क्षेती भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।