Goraksha

National Daily

४ स्वर्ण जित्दै गौरिकाले बनाइन् अर्को कीर्तिमान

काठमाडौं,२३ मंसिर । पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।