दाङ, २८ असार । लक्ष्मीपुर युवा क्लबको आयोजना तथा स्यालापानी सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा घोराही ४ लक्ष्मीपुरको स्यालापानी वन परिसरमा बृक्षारोपण गरिएको छ ।
वनमा करीब दुई सय दाल चिनीका बिरुवा रोपिएको क्लबका अध्यक्ष पञ्कज आचार्यले जानकारी दिएका छन् । बृक्षारोपणको उद्घाटन घोराही उपमहानगरपालिका वडा न ४ का अध्यक्ष भीमबहादुर सार्की र स्यालापानी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नारायण पन्थीले बिरुवा रोपेर गरेका थिए ।
कार्यक्रममा स्थानीय, क्लबका सदस्यलगायतको सहभागिता रहेको थियो । क्लबका सहसचिव खेमराज भण्डारीले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सहजीकरण सचिब श्रीधर भण्डारीले गरेका थिए ।