गोरक्ष समाचारदाता
बिजौरी, २७ असार । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले तुलसीपुर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनःस्थापना तथा सुधार केन्द्रमा रोग प्रतिरोधात्मक औषधि वितरण गरेको छ ।
स्वास्थ जीवन तथा जीवनशैली व्यवस्थापन कार्यक्रम अन्तर्गत त्यहाँ रहेको ४० जना उपचारार्थीहरुका लागि औषधि वितरण गरिएको हो । अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले सुधार केन्द्रका निर्देशक सुरेश भुसाललाई कुरिलो, सिलाजितलगायतका रोग प्रतिरोधात्मक औषधि हस्तान्तरण गरेका थिए ।
कार्यक्रम अन्तर्गत त्यहाँ रहेका उपचारार्थीहरुका लागि एक हप्तासम्म निःशुल्क योग प्रशिक्षणको कार्यक्रम रहेको छ । कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले आयुर्वेदिक जुडिबुटीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्यलाई हानी नपु¥याउने बताएका थिए ।
कार्यक्रममा अस्पतालका डा गोकर्ण दाहाल, योग प्रशिक्षक संगीता उपाध्यायको उपस्थिति रहेको थियो । एक हप्तासम्म योग प्रशिक्षक संगीता उपाध्यायले सुधार केन्द्रमा रहेका उपचारार्थीहरुलाई दैनिक एक घण्टा योग प्रशिक्षण दिने भएकी छन् ।
आयुर्वेद चिकित्शाल बिजौरीले जिल्लाका विभिन्न स्थानमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आइरहेको छ ।