मास्क वितरण गरेर सचेतना

सन्तोस शर्मा
होलेरी , २७ असार । रोल्पामा घर वाहीर जादा र वजार आउदा माक्सको प्रयोग नगरेको पाइएपछि नेपाल प्रहरीले सचेतना अभियान नै थालेको छ । रोल्पाको होलेरीमा बिहिबार र शुक्रबार माइकिङ मार्फत यस प्रकारको अभियान सञ्चालन गरिएको हो ।

माइकीङ मार्फत माक्सको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले शनिवार विभीन्न सरोकारवालाहरुलाई समेत ¥यालीमा सहभागी गराई माक्सको प्रयोग गर्न अनुरोध गर्नुका साथै माक्स नलगाई वजारमा आएका र माक्स विना पसलमा वसेका पसलेहरुलाई माक्स वितरण गर्दै अव देखि अनिवार्य माक्स लगाउन अनुरोध समेत गरेको थियो ।

गृह मन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार घर वाहीर निस्कने सवैलाई माक्सको प्रयोग अनिवार्य गरेको र नगरेको पाइएमा कार्वाही समेत गर्न निर्देशन गरेकाले आफुहरुले सुरुमा सचेतना स्वरुप यस्ता खालका सचेतना मुलक कार्यक्रम गरेकोे इ.प.का होलेरीका प्रमुख मेघनाथ चापागाईले जानकारी दिए ।

होलेरी वजारको प्रबेसद्धार वाट सुरु भएको उक्त ¥यालीमा इ.प्र.का होलेरीको टिम, गाउँपालीकाका अध्यक्ष बालाराम वुढा, गाउँपालीकाका प्रमुख प्रसासकीय अधिकृत चिरञ्जीवी घर्तिमगर, गाउँपालीकाका कर्मचारी, राजनैतिकदलका प्रतिनिधी, वजार व्यवस्थापन समीती, सरकारी तथा गैरसरकारी सस्थाका प्रमुख एव प्रतिनिधी लगायत होलेरीमा क्रियासील अन्य क्षेत्रका प्रमुख एव प्रतिनिधीको सहभागीता रहेको थियो ।

कोरोना भाइरसको खतरा वढ्दै जाँदा गाउँसहरमा त्यसको सङक्रमण वढ्न नदिन माक्सको ठुलो महत्व हुने भन्दै माक्समा वढी जोड दिइएको साथै सामाजीक दुरी देखि अन्य सुरक्षाका उपाय समेत अपनाउन प्रहरीले सवैलाई अनुरोध गदै आएको छ । यदि निर्देशनलाई वेवास्ता गरी हिडडुल गरेमा कार्वाही गरिने समेत प्रमुख चापाँगाइल जानकारी दिए ।