देशभर ७० जनामा कोरोना पुष्टि, ४३१ ले जिते संक्रमण

दाङ,२७ असार । नेपालमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना पुष्टि भएको छ भने ४३१ ले कोरोना संक्रमलाई जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको बताए ।