Goraksha

National Daily

‘बालबालिकालाई समय दिनुस’

गोरक्ष मसाचारदाता
दाङ, २६ असार । डा नरेन्द्र सिंह ठगुनाले बालबालिकाहरुलाई अभिभावकहरुले समय दिनुपर्ने बताएका छन् । अभिभावकहरुले बालबालिकाहरुले गर्दै आएको कार्य पनि निगरानी गर्नुपर्ने उनको भनाइ रहेको छ । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहले आयोजना गरेको इन्टरनेटको लत जोखिम र परिणाम विषयक अनलाइन अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

इन्टरनेट प्रयोग गर्दा बालबालिकाले प्रविधिको दुरु प्रयोग गर्ने सक्ने भएको सचेत बन्न उनको आग्रह गरे । समयमा सचेत गराउन नसकेमा पछि गएर धेरै समस्या हुने बताए । सहभागीहरुलाई धन्यावाद प्याब्सनका केन्द्रीय सदस्य यादव गिरीले गरेका थिए । कार्यक्रमको संयोजन संस्थाका कोषाध्यक्ष इश्वर बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजीकरण गणेश न्यौपाले गरेको थिए ।