भारतको दिल्लीबाट ६ महिलाहरुको उद्धार
अजय मिश्र
कपिलवस्तु, २० असार । भारतको दिल्लीमा चार महिनादेखि अलपत्र रहेक ६ जना महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृह कपिलवस्तुले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।
उद्धार गरिएका महिलाहरु मोरङ जिल्लाका चार जना, झापा र पर्वत जिल्लाका एकएक जना रहेका छन् । दलालले उनीहरुलाई २०७६ साल फागुन २९ गते कुवेत र इरान पठाउने भनेर नेपालगन्ज भन्सार नाकाहुँदै भारतको दिल्लीमा रहेको कुरारी जोरदा भन्ने ठांउमा राख्दै आएका थिए ।
त्यहीँ ठाउका स्थानीयहरुले संकास्पद रूपमा महिलालाई देख्दा शान्ति पुर्नस्स्थाना गृहका क्षेत्रीय संयोजक भुमिराज भट्टराईलाई सम्पर्क गरेर महिलाहरुको अवस्थाका बारेमा जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको हो ।
भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाको अध्यक्ष बाबु रोका मगरको सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि शनिवार कृष्णनगर भन्सार नाकाहुँदै शान्ति पुर्नस्थाना गृहमा ल्याइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन् ।
उद्धार गरिएका महिलाहरु मानव वेचविखनको केन्द्रीय व्यूरोमा थप अनुसंधानको लागी पठाउने तयारी भइरहेको कुरा शान्ति पुर्नस्थाना गृह संस्थाका जिल्ला संयोजक निशा पन्थीले जानकारी दिएकी छिन ।
