कांग्रेसले देउखुरीका पालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गरायो
शिबराज खनाल
लमही, असार २० । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले देउखुरी का ४ पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस अर्थात कोभिड-१९का बेला फ्रन्ट लाइनमा काम गर्ने पालिकाका कर्मचारीहरुलाई सेनिटाइजर, मास्क र थर्मलगन प्रदान गरेको हो ।
सहयोग ठूलो नभएता पनि यस्तो माहामारिका समयमा पक्ष बिपक्ष नभई सबै एक जुट भएर लाग्नु पर्ने आबस्यकता औल्याउँदै अग्रपंक्तिमा रहि काम गर्ने सुरक्षानिकाय, स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधिहरुको मनोबल उच्च बनाउने अभिप्रायले सांकेतिक रुपमा लमही नगरपालिका, राजपुर गाउपालिका, गढवा गाउपालिका, राप्ती गाउपालिकागरि देउखुरी अन्तर्गतका ४ पालिकालार्इ स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ दाङका सभापति भेषराज पान्डेले बताए ।
उक्त स्वास्थ्य सामाग्रीहरु नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले नेपाली काङ्ग्रेस दाङ क्षेत्र १ लाई सहयोग स्वरुप उपलब्ध गराएका थिए ।
प्रत्यक पलिकामै पुगेर प्रदान गरिएको स्वास्थ्य सामाग्री राजपुर गाउपालिकामा गाउपालिकाका अध्यक्ष लोकराज केसिलाई र अन्य पालिकाहरुमा पालिकाका स्वास्थ्य संयोजकहरुलाई हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा पुर्ब माननीय सुशीला चौधरी, महासमिति सदस्य जानकीलाल बस्नेत, प्रदिपराज शर्मा, अनुराग यादब, महिला नेतृ गिरिजादेबि न्यौपाने, नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य, गोबिन्द रेग्मी, खिमादेबि रिजाल तथा नेपाली काङ्ग्रेसका नेता अजय न्यौपाने, हरि भुसाल, नारायण बिसि, तारा डिसि, राजपुर गाउँपालिका सभापति शरद बुढाथोकी, प्रताप खडका, राप्ती गाउपालिका सभापती दुर्यधन पान्डे, बालचन्द्र हमाल, लमही नगर सभापती शिव प्रसाद चौधरी, नबाफ अलि लागयतकाको उपस्थित रहेको थियो ।
नेपाली काङ्ग्रेस दाङ जिल्ला क्षेत्र नम्बर १ पहिले चरणमा सेनिटाइजर र साबुन, दोर्सो चरणमा प्रतेक पालिकालाई २५ हजारका दरले राहत स्वरुप प्रदान गरेको थियो भने तेस्रो चरणमा पुनः स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
