Goraksha

National Daily

भर्ना शुल्क फिर्ता नभए संघर्ष गर्ने चेतावनी

दाङ, १९ असार । स्टार बंगलाचुली युवा क्लबले लकडाउन समयको भर्ना शुल्क फिर्ता नगरे संघर्षका कार्यक्रम गर्ने जनाएको छ । बंगलाचुली गाउँपालिकाले यो लकडाउन समयको भर्ना शुल्क नलिने निर्णय गरे तापनि गाउँपालिकास्तरीयका केही विद्यालयहरुले विभिन्न बहानामा भर्ना शुल्क लिइरहेका हुनाले तत्काल उक्त शुल्क फिर्ता नगरे क्लवले संघर्षको कार्यक्रम गर्ने जनाएको हो । स्टार बंगलाचुली युवा क्लबका अध्यक्ष शशिधर परियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा यस्तो भनिएको छ । विज्ञप्तिमा ‘मुलकभर कोभिङ–१९ भाइरस संक्रमणको महामारी र लकडाउनका कारण जनजीवन तथा शिक्षालाई अस्तव्यस्त भइरहेको अवस्थामा हाम्रो बंगलाचुली गाउँपालिका केही विद्यालयले भर्ना शुल्क लिई आतंक मच्चाएको देख्दा हाम्रो क्लवको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय सरकार गाउँपालिकाको भर्ना शुल्क नलिने निर्णय गरिरहँदा पनि केही विद्यालयले भर्ना शुल्क लिएको हुँदा यस कार्यप्रति निन्दनीय भएको छ ।’ शिक्षा नीतिमा कोभिड–१९ को कारणले गर्दा भर्ना शुल्क नलिने भनिएको छ तर पनि शुल्क लिने काम भइरहेको भन्दै शुल्क फिर्ता गरी पढाईमा सहजीकरण गरिदिन आग्रह गरिएको छ । क्लवको अपिल सुनुवाई नभएमा बाध्य भएर संघर्षका कार्यक्रम गर्ने जारी विज्ञप्तिमा भनिएको छ ।