दाङमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

  •   
  •  

दाङ,१५ असार । दाङमा सोमवार थप ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणका क्रममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भउको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा ३६ जना पुरुष र २२ जना महिलाहरु रहेका छन् । संक्रमित हुनेमा गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ६ जना, राप्ती गाउँपालिकाका ५ जना, शान्तिनगर गाउँपालिकाका २ जना र दंगीशरण गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

संक्रमित मध्य राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना महिला स्वास्थ्यकर्मी रहेकी छिन । त्यस्तै घोराहीमा रहेको रिपमुर्दन गणमा कार्यरत थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि पनि कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका एक जना नेपाली सेनाका जवानमा कोरोना संक्रमण देखिएको थियो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ६८ जना पुगेको छ । उनीहरु अधिकांस भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहर रहेकाछन् ।