दाङमा ३१ जना कोराना सक्रमित थपिए, सक्रमितको संख्या ४८६ पुग्यो

  •   
  •  

दाङ,१३ असार । दाङमा शनिवार थप ३१ जना कोरोना सक्रमित भेटिएका छन् । घोराहीस्थीत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वास्थ्य परिक्षणका क्रममा ३१ जना संक्रमित थपिएका हुन ।

उनीहरु मध्य घोराही उपमहानगरपालिका २८ जना, बंगलाचुली गाउँपालिका २ जना र बबर्इ गाउँपालिका १ जना गरी ३१ जना कोरोना सक्रमित पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसगै दाङमा कोरोना सक्रमितको संख्या ४ सय ८६ पुगेको छ ।

यसैगरी शनिवार नै कपिलवस्तु बिजयनगरका ७ जना र रोल्पा रुम्टिगढीका १ जनामा पनि कोरोना सक्रमण भेटिएको छ ।