दाङ,९ असार। दाङमा कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा भर्ना भएका ९३ जना निको भएर घर फर्किएका छन् ।
आइतवारसम्म जिल्लामा कोरोना संक्रमित भएर कोरोना विशेष अस्पताल बेलझुण्डी र कोरोना विशेष आइसोलेसन सेन्टर दक्षिण अम्राईबाट ९१ जना उपचारपछि घर फर्किएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । दाङका कोरोना जित्नेहरु ९३ जना मध्य एक जना काठमाडौ र एक जना गुल्मीमा संक्रमित भएका थिए ।
आपत कालिन कार्य सञ्चालन केन्द्रका अनुसार घोराही उपमहानगरपालिकाले निर्माण गरेको कोरोना आइसोलेसन सेन्टरबाट ३३ जना र कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ५८ जना हालसम्म डिस्चार्ज भएका छन् ।
घोराही उपमहानगरपालिकामा कोरोना संक्रमित १ सय ४७ जना मध्य हालसम्म ४४ जना उपचारपछि घर फर्किको जिल्ला आपतकालिका कार्य सञ्चालन केन्द्रका बिनायक पौडेलले जानकारी दिए । घोराहीमा अव एक सय ४ जना संक्रमितहरु आइसोलेसन सेन्टरमा उपचार गराईरहेका छन् । जसमा एक जना वडा अध्यक्ष समेत रहेका छन् ।
उनका अनुसार त्यसैगरी बंगलाचुली गाउँपालिका २१ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म बंगलाचुलीमा ६८ जना कोरोना संक्रमित छन । पौडेका अनुसार हालसम्म लमहीमा ११ जना,गढवा गाउँपालिकामा ६ जना, तुलसीपुर उपमहानगरपालिकामा ५ जना र बबई गाउँपालिकामा एक जना उपचारपछि घर फर्किएको केन्द्रले जनाएको छ । अहिले बंगलाचुलीका ४६ जना, तुलसीपुरका १० जना, गढवाका ७ जना, राजपुरका ७ जना, राप्तीक ११ जना, शान्तिनगर र बबई १–१ जना संक्रमित उपचारत रहेका छन ।
कोरोना संक्रमित मध्य १३ जना स्वास्थ्यकर्मी,तीन जना जनप्रतिनिधि र एक जना नेपाली सेनाका जवान समेत रहेका छन् । अहिले विभिन्न आइसोलेशनमा १ सय ९१ जना उपचारत रहेका छन् ।