दिप्तीशिखा चौधरी
दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकाले कोभिड–१९ का कारण विपन्न श्रमिक तथा मजदुरहरुलाई रोजगारी उपलब्ध गराउँन श्रम मुलक प्रविधीको कार्यान्वयन गर्ने भएको छ ।
कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरीकहरुको जीवनस्तरलाई सुधार गर्ने कार्यलाई दंगीशरण गाउँपालिकाको निती तथा कार्यक्रममा प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
दंगीशरण गाउापालिकाका अध्यक्ष भागिराम चौधरीले सातौँ नगर सभामा प्रस्तुत गरेको आउँदो आर्थिक बर्ष २०७७÷०७८ निती तथा कार्यक्रममा कोभिड १९ को जोखिमको समयमा अशक्त, असहाय एंव आर्थिक रुपले विपन्न गर्भवती, जेष्ठ नागरीक एंव, अपांगता भएका ब्यक्तिहरुका लागि राहतका कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै कोभिड–१९ संक्रमणको सम्भावित जोखिममा रहेका नागरीहरुलाई नेपाल सरकारले तोके बमोजिम क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाई स्वास्थ्य सुरक्षा सामग्रीको ब्यवस्था मिलाउँने र एम्बुलेन्स, शव वहान, दमकल जस्ता सेवालाई २४ औँ घण्टा संचालनमा ल्याईने डिप्रेसनमा रहेका व्यक्ति तथा मनोसामाजिक परामर्श आवश्यक पर्ने ब्यक्तिलाई मनोपरामर्श सेवा उपलब्ध गराउँने विषयलाई प्राथमिक्तामा राखिएको छ ।
बार्षिक निती तथा कार्यक्रममा बेरोजगारीपन हटाउँन विदेशबाट फर्किएकाहरुलाई सिप अनुसार पालिकाभित्रै रोजगार दिने, स्थानीय तहभित्र रहेका बाँझो जग्गाको तथ्यांक संकलन गरि पूर्ण उपयोगको व्यवस्था मिलाउँन भूमि बैँकको अवधारणा कार्यान्वयन गर्न यस कार्यलाई कार्यान्वयन गर्न ऋण सहुलियत तथा अनुदानका ब्यवस्था मिलाउँने, बाझोँ जमीन राख्नेलाई कार्वाहीको ब्यवस्था गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।

कृषकहरुलाई आत्मनिर्भर बनाउँन कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भताका लागि उधमशिलताको प्रवद्र्धन गर्न मल, विउ, किटनाशक औषधिको उपलब्धता,उत्पादित बस्तुहरुको भण्डारण तथा प्रशोधन, सिचाई सुबिधाको प्रबर्धन, आधुनिकिकरण गर्न कृषि मेसिनरी औजार, कृषि प्राविधीक अभियानको शुरुवात गर्ने, कृषकले खोजेकै समयमा कषि तथा पशु प्राविधीक उपलब्ध गराउँने, कृषि उपज संकलन केन्द्रको स्थापना गरिने, कृषि उपजहरुको बजारीकरण, दुग्ध उत्पादक सहकारी संस्थासंगको समन्वयमा डेरी उधौग संचालन गरि दंगीशरण भित्र नै प्रशोधन गर्ने ब्यवस्था, पालिकालाई माछा, मासु, अण्डा निर्यातमा अभिबृद्धि गर्न कार्यक्रम संचालन गरीने, कृषकको साथमा कृषि अभियान संचालन गरिने , कृत्रीम गर्भाधान, उन्नत जातका पशुपालनमा जोग दिनुका साथै पशुपालनका सम्भावित पकेट क्षेत्रको पहिचान गरि कार्यान्वयनमा ल्याईने भएको छ ।
‘‘पूर्वाधार, समुन्नतिको आधार, विकास जनताको अधिकार’’ भन्ने मान्यतालाई आत्मसाथ गरी विभिन्न क्षेत्रका पूर्वाधार विकासलाई विषेश प्राथमिकता दिइ सडकको निर्माण, स्तरोन्नती, कालोपत्रे, गर्दै लैजाने,सबै बस्तीहरुमा विधुत विस्तार गरि उज्यालो दंगीशरणलाई सार्थकता दिईने एक वडा एक पोखरी, पूर्वाधार, सुशासन, सम्वर्धनका लागि सोही अनुसार कार्यक्रम निती तथा कार्यक्रममा उल्लेख छ ।
दंगीशरण गाउँपालिकाको गौरव राजा दंगीशरणसंग जोडिएको ऐतिहासीक स्थल दंगीशरणमा निर्माणाधिन दंगीशरण पार्क तथा थारु सांस्कृतिकग्रामलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने,ऋण सहुलीयत तथा अनुदान लगाएतका ब्यवस्था गर्ने, विधालय पोषण कार्यक्रम, गाउापालिकालाई पूर्ण खोपयूक्त गाउँपालिकाको रुपमा स्थापित गर्ने, सुत्केरी तथा बालकालीका पोषण कार्यक्रम लक्षीत वर्गका लागि विभिन्न कार्यक्रम संचालन गरिने छ । गाउँसभाको शहजीकरण प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले गरेका थिए ।