चिकित्सकसहित चार जनामा कोरोना संक्रमणदेखिएपछि प्रतिष्ठानद्धारा दुई दिनका लागि सेवा बन्द
दाङ,४ असार । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित चार जनामा कोरोना पोजेटिभ देखिएको छ । केही दिन पहिले कोरोना संक्रमित बिरामीको उपचार पछि घरमै क्वारेन्टाइनमा बसेका अस्पतालका निर्देशक,सहित चार जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशकसहित एक जना डाक्टर,नरसिङ इन्चाार्ज र इमरजेन्सीममा कार्यरत एक जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएकोे हो । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमाम कार्यरत चार जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले दुई दिनकाका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । उनले दुई दिन प्रतिष्ठानमा सेनेटाजिङ गर्नुपर्ने भएकाले आकस्मिकलगायतकका सम्पूर्ण सेवा बन्द हुने बताए ।
