दिप्तीशिखा चौधरी
दंगीशरण, ५ असार ।दंगीशरण गाउँपालिका वडा न ५ ले जेष्ठ नागिरकलाइ सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
वडाका २० जना नागरिकहरुलाई उनीहरुको आवश्यकता अनुसार टर्च र छाता दिएर सम्मान गरेको हो । त्यस अवसरमा वडा अध्यक्ष दिपक गौतमले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उनीहरुको आवश्यकता अनुसार छाता र टर्चलाइट वडा कार्यालयले प्रदान गरेपछि जेष्ठ नागरीकहरु खुशी भएका थिए । कार्यक्रमको शहरीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।