कोरोना संक्रमितको संख्या ७८४८,एकैदिन ६७१ जनामा संक्रमण

दाङ, ४ असार । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको हो ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्य ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।