शिवराज खनाल
लमही,३० जेठ । सरकारले लकडाउन खुकुलो गर्ने निर्णय गरेपनि देउखुरीको लमहीमा बजार बजार खुल्न सकेका छैनन् । बजार नखुले पछि बजारमा सुनसान रहेको छ । जिल्लका अन्य स्थानमा क्रमश बजारहरु खुल्न थालेपछि लमहीमा खुल्न सकेको छैन ।
बजार नखुल्दा बजारमा मानिसहरुको चाप एकदमै कम देखिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । ८० दिनपछि लकडाउन खुकुलो भएसँगै देशका विभिन्न स्थानहरुमा पसलहरु खुलेका छन तर देउखुरीमा भने खुल्न सकेको छैन ।
‘पसलका सटर खोल्नलाई मात्र लकडाउन खुकुलो बनाएर काम छैन,जहिलेसम्म सार्बजनिक यातायात खुल्दैन त्यो बेलासम्म बजारको अबस्था यस्तै रहन्छ’ लमहीमा फेन्सी पसल गर्दै आएका भण्डारी फेन्सी पसलका सञ्चालक बलदेब भण्डारीले भने ।
सरकारले कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य सावधानी अपनाएर उद्योग, कलकारखाना, पसल, डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेको छ । यस अघि खाद्यान्नलगायतका अत्यावश्यक सेवाका पसलहरु तोकिएको समयमा खोल्न दिइएपनि अन्य पसलहरु भने बन्द रहदै आएका थिए ।