बैतडी र बाजुरामा काँग्रेस विजयी
दाङ, १४ मंसिर । नेपाली कांग्रेसले बैतडीबाट उपनिर्वाचनमा जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराएर जितको खाता खोलेका हुन । निकटतम प्रतिद्वन्दीलाई ४ मतलछि पार्दौ कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी उम्मेदवार गजेन्द्रबहादुरले २१९ मत ल्याएका हुन् ।
त्यसैगरी बाजुराको त्रिवेणी नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र बहादुर चदारा विजयी भएका छन् उनले ४ सय ७३ मत प्राप्त गरे भने प्रतिद्वन्दी नेकपाले २ सय ९७ मत प्राप्त गरेको छ ।
